
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन प्रक्रियालाई तीव्रता दिँदै विश्वविद्यालयका विभिन्न सिनेट सदस्यहरू मनोनित गरिएको छ । माननीय शिक्षा मन्त्री सस्मित पोखरेल, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट लगायतको उपस्थितिमा सम्पन्न उच्चस्तरीय बैठकले विश्वविद्यालयको प्रशासनिक तथा कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

विश्वविद्यालय ऐनअनुसार विभिन्न समिति तथा सिनेट सदस्यहरूको मनोनयन गरिएको जनाइएको छ । नवगठित समितिले आगामी दिनमा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताइएको छ ।
विश्वविद्यालय सञ्चालनसँगै सुदूरपश्चिममा स्वास्थ्य विज्ञान अध्ययन, अनुसन्धान, दक्ष जनशक्ति उत्पादन तथा स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरिएको छ ।

यसै बिच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रिया सुदूरपश्चिमकै लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् । उच्चस्तरीय बैठकपछि उनले विश्वविद्यालय सञ्चालनका लागि सिनेट सदस्य पुनः नियुक्त गरिएको र यही समितिले आगामी दिनमा उपकुलपति तथा रजिस्ट्रार नियुक्ति प्रक्रिया अघि बढाउने जानकारी दिए । विश्वविद्यालय सञ्चालनसँगै स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरिएको छ ।

सरकारले ल्याएको ‘विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश’मार्फत शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐनमासमेत संशोधन गरिएको छ । ऐनका चार वटा दफा संशोधन गरिएको छ । अध्यादेशअनुसार दफा २३ को उपदफा (२) हटाइएको छ । जसमा उपकुलपतिको पदावधि चार वर्ष हुने र कार्यसम्पादन सन्तोषजनक देखिएमा अर्को एक कार्यकालका लागि पुनः नियुक्त गर्न सकिने उल्लेख थियो ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐन बमोजिम विभिन्न समिति तथा सिनेट सदस्यहरू नियुक्त हुनुभएको छ। नियुक्त सदस्यहरूको विवरण निम्न अनुसार रहेको छ:
🏛️ ऐनको दफा ७ को उपदफा २ (ठ) बमोजिमका ६ जना सदस्यहरू:
१) प्रा. डा. जयराज अवस्थी
२) डम्बर पाल (दुर्गालक्ष्मी क्याम्पस)
३) हेमा भट्ट
४) प्रा. डा. संगीता राजभण्डारी
५) डाक्टर लवदेव अवस्थी
६) धर्मदेव भट्ट (क्याम्पस प्रमुख, ऐश्वर्या क्याम्पस)
📋 दफा २५ को सिफारिस समिति:
प्रा. डा. जयराज अवस्थी (सभाबाट मनोनित)
प्रा. डा. लोचना श्रेष्ठ
दिनेश लम्साल































