
नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर दुई लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको हो। आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने उकालो लागेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर पाँच हजार ३४० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य पाँच हजार ३०० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिने गरेको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन भइरहेकाले लगानीकर्ता तथा उपभोक्ताले बजारको अवस्था नजिकबाट नियालिरहेका छन्।
































