एनसेलको केन्द्रीय कार्यालयमा सीआइबीको छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

Image
Nisarga Hospital

लैनचौरस्थित एनसेलको केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले छापा मारेको छ। आज दिउँसो सीआइबीको टोली कार्यालय परिसरमा प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा डिजिटल अभिलेख नियन्त्रणमा लिएको हो।

CP Hospital Dhangadhi

टोलीले लामो समयसम्म कार्यालयमा रहेर फाइल, अभिलेख तथा अन्य कागजातहरूको विस्तृत छानबिन गरेको बताइएको छ। प्रारम्भिक जानकारी अनुसार अनुसन्धानका क्रममा कम्पनीसँग सम्बन्धित आर्थिक कारोबार, कर विवरण तथा नियामक प्रक्रियासम्बन्धी विषयहरूमा ध्यान केन्द्रित गरिएको हुनसक्ने अनुमान गरिएको छ।

Attariya Hospital

तर, छापाको वास्तविक कारणबारे हालसम्म कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। सीआइबीले यस विषयमा औपचारिक प्रेस विज्ञप्ति जारी नगरेको र अनुसन्धान प्रक्रिया जारी रहेको जनाएको छ।

nawajiwan

अनुसन्धान चलिरहेकाले थप विस्तृत जानकारी आउन बाँकी रहेको छ। यस घटनाले देशको दूरसञ्चार क्षेत्र तथा ठूला निजी कम्पनीहरूमाथि नियामक निकायको निगरानी र अनुसन्धान प्रक्रियाबारे पुनः चर्चा सुरु भएको छ।