दार्चुलामा रक्तदान अभियान तीव्र: ३३३ जनाको समूह तयार, सेवा विस्तारमा चुनौती

Image
Nisarga Hospital

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा उपसमितिको आयोजनामा तथा महाकाली नगरपालिकाको सहयोगमा दार्चुला सदरमुकाम खलङ्गामा रक्तदान उत्प्रेरणा तथा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न गरिएको छ। ‘म पनि रक्तदाता’ अभियानअन्तर्गत पुलघाट र बसपार्क क्षेत्रमा रक्त समूह पहिचान तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ।

CP Hospital Dhangadhi

ल्याब असिस्टेन्ट करनसिंह धामीका अनुसार ८३ जनाको पुलघाटमा र ५७ जनाको बसपार्कमा रक्त समूह पहिचान गरिएको हो। गत वैशाख १३ गते स्थापना भएको रक्त सञ्चार केन्द्रलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गरिएको हो। उपसमितिका सदस्य कृष्णसिंह धामीले रक्तदानप्रति चेतना अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरिएको बताए। क्याम्पस तथा विद्यालयहरूमा समेत अभियानअन्तर्गत कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। हाल रक्त समूह पहिचान गरिएका ३३३ जनाको समूह तयार भइसकेको छ। अस्पतालमा आवश्यक पर्दा यही समूहमार्फत रक्तदाता परिचालन गरिन्छ।

Attariya Hospital

डा रवीन्द्र भट्टराईका अनुसार अभियानले रगत अभाव व्यवस्थापनमा सहयोग पुग्नेछ। तर रक्त सञ्चार केन्द्रमा जनशक्ति अभाव रहेको छ। हाल एक जना मात्र कर्मचारीमार्फत २४ घण्टा सेवा सञ्चालन गर्न कठिन भएको छ। भवन अभावका कारण सेवा जिल्ला अस्पतालबाट अस्थायी रूपमा सञ्चालन भइरहेको छ। प्रदेश सरकारले उपकरण सहयोग गरे पनि भवन तथा जनशक्ति व्यवस्थापनमा थप सहयोग आवश्यक रहेको रेडक्रसले जनाएको छ।

nawajiwan

“रक्तदान संस्कृति विस्तार गर्दै सुरक्षित र सहज रक्त आपूर्ति सुनिश्चित गर्ने लक्ष्य रहेको छ,” उनले बताए। महाकाली नगरपालिका र रेडक्रसले आगामी दिनमा थप जनचेतना अभियान र संरचनात्मक सुधारलाई प्राथमिकता दिने बताएका छन्। कार्यक्रमलाई दीगो रूपमा सञ्चालन गर्ने योजना समेत अघि बढाइएको छ। रेडक्रसले जानकारी दिएको छ हो।