ज्योतिषीका अनुसार आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् जेठ ३१ गते आइतबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – ३१ जेठ २०८३ आइतवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा नयाँ योजनाहरू बनाउन मित्रहरूको सहयोग मिल्नेछ। आफन्तहरूसँग मनोरञ्जनात्मक समय बित्नेछ। जोखिमको कार्यबाट टाढा रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विशेष योजनाहरू गोप्य राखेर अगाडि बढ्नुहोस्। शुभचिन्तकको सोचेजस्तो साथ नमिल्नाले सामाजिक जिम्मेवारी बढ्नेछ। माताको स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक सुख सुविधामा धन खर्च हुनेछ। विवादास्पद मामलाहरू आपसी वातचितमा सुल्झिनेछन्। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चलिरहेको कार्यमा बाधा आउनेछ। पारिवारिक जिम्मेदारी बढ्न्नाले व्यस्तता अलि धेरै रहला। अधिकारीहरूबाट उपयुक्त आश्वासन मिल्नेछ। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।|

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ समाचार वा जानकारीले ध्यान आकर्षित गर्नेछ। एउटै विषयलाई फरक दृष्टिकोणबाट हेर्ने अवसर प्राप्त हुनेछ र त्यसबाट उपयोगी निष्कर्ष निकाल्न सकिनेछ। दिन रोचक रहनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफ्नो उपस्थितिले अरूको ध्यान तान्न सक्छ। बोलेका कुरा प्रभावकारी रहनेछन् र तपाईंको सुझावलाई महत्व दिइनेछ। नयाँ जिम्मेवारी सम्हाल्ने अवसर पनि प्राप्त हुन सक्छ। आजको शुभ रंग सुनौलो पहेंलो हो भने शुभ अंक ५ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा अरूको माध्यमबाट सलाह लिनु भन्दा अघि आफूले सोच विचार गरेर कार्य गर्नुहोस्। राजकिय मामलाहरू सुल्झिनेछन्। सन्तान को प्रगतिलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कामको रूपरेखा बन्नेछ। जीवन साथीको स्वास्थ्यलाइ लिएर चिन्ता रहनेछ। विरोधीहरूले विरोध गर्दा पनि नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ। आयस्रोतमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा मनज्ञ लाभ मिल्नेछ। जोखिम को कार्यमा सोचेभन्दा राम्रो सफलता मिल्ला। सम्पर्क क्षेत्र बढ्न्नाले भविष्यको लागि नयाँ योजनाहरू क्रिर्यान्वित हुनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा चलिरहेको विवाद समाप्त हुनाले मन प्रसन्न रहनेछ। लेनदेनका मामलाहरू सुल्झिनेछन्। विद्यार्थी वर्गलाई उच्च अध्ययनमा सफलता मिल्नेछ।आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कुनै पुरानो सम्झनाले मन छोउन सक्छ। विगतबाट सिकेका कुराले वर्तमानलाई सजिलो बनाउनेछन् र आफ्ना मानिसहरूप्रति आत्मीयता अझ बढ्नेछ। दिन सहज रूपमा बित्नेछ। आजको शुभ रंग मोती सेतो हो भने शुभ अंक १ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दैनिक कार्यलाई नयाँ तरिकाले मिलाउने सोच आउनेछ। सानो परिवर्तनले कामलाई धेरै सजिलो बनाउनेछ र समयको सदुपयोग पनि हुनेछ। व्यवस्थित प्रयासले सन्तोष दिलाउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

हाम्रो पात्रो बाट