नेपाली आकाशमा बिना अनुमति भारतीय हेलिकोप्टर प्रवेश !

Image
Nisarga Hospital

इन्डो–तिब्बती सीमा प्रहरी (आईटीबीपी) का महानिर्देशक सवार भारतीय हेलिकोप्टर नेपाल सरकारको अनुमति बिना नेपाली आकाशमा प्रवेश गरेको पाइएको छ। कालापानी क्षेत्रको गुञ्जीस्थित युनिट निरीक्षणका क्रममा उक्त हेलिकोप्टर दार्चुला जिल्लाको आकाश हुँदै उडेको पुष्टि भएको हो।

CP Hospital Dhangadhi

अन्तर्राष्ट्रिय हवाई कानुनअनुसार कुनै पनि देशको अनुमति बिना अर्को देशको आकाश प्रयोग गर्नु ‘एयर स्पेस उल्लंघन’ मानिन्छ। गत मंगलबार भएको उक्त उडानबारे दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भारतीय पक्षसँग मौखिक रूपमा ध्यानाकर्षण गराइसकेको र आवश्यक परे औपचारिक पत्राचार गरिने बताएका छन्।

Attariya Hospital

प्रशासनका अनुसार सामान्यतया यस्तो उडानका लागि पूर्व जानकारी दिनुपर्ने भए पनि सो दिन कुनै अनुमति वा सूचना प्राप्त नभएको जनाइएको छ। यद्यपि मौसम सामान्य रहेकाले प्राविधिक कारणको सम्भावना न्यून रहेको उल्लेख गरिएको छ।

nawajiwan

यसअघि पनि दार्चुला क्षेत्रमा भारतीय हेलिकोप्टरले नेपाली आकाश प्रयोग गरेको घटनाहरू सार्वजनिक हुँदै आएका छन्। यस पटकको घटनापछि पुनः कूटनीतिक तहमा औपचारिक छलफलको तयारी भइरहेको प्रशासनले जनाएको छ।