
बोल्दै नबोल्ने
बोले नि मात लाग्ने,
आउँदै न आउने
आएनी तुफान ल्याउने,
सुन्दै नसुन्ने
सुनेनी रौ न हल्लिने।

एउटा शालिन पात्रलाई
घुम्ने मेचमाथि को.. ट्याग लगाउने,
त्रुटी आफूले गरी,
गाल अरुलाई भिडाउने ।

चरित्रभित्रको एउटा
विचित्र पात्र छौ तिमी,
अजनबी भए त बालै थिएन
तर मेरो प्रधानमन्त्री हौ तिमी ।। ।

✍️ कम्मान सिंह साउद, सह-प्राध्यापक
त्रिपुरासुन्दरी क्याम्पस, अछाम































