ट्रम्पको इरानलाई कडा चेतावनी, अमेरिका–इरान वार्ताबीच पश्चिम एसियामा तनाव चुलियो

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय आफ्नो समर्थित समूह हिजबुल्लाहलाई नियन्त्रणमा राख्न कडा चेतावनी दिएका छन्। उनले इरानले हिजबुल्लाहका गतिविधि रोक्न नसके अमेरिकाले यसअघि भन्दा अझ भीषण र व्यापक सैन्य कारबाही गर्ने चेतावनी दिएका हुन्।

CP Hospital Dhangadhi

ट्रम्पको यो धम्की स्विट्जरल्यान्डको बुर्गेनस्टकमा अमेरिका र इरानबीच जारी उच्चस्तरीय शान्ति वार्ताकै बीच आएको हो। वार्ता चलिरहेकै समयमा आएको यस्तो कडा अभिव्यक्तिले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तनाव सिर्जना गरेको छ।

सामाजिक सञ्जालमार्फत ट्रम्पले गत हप्ताको अमेरिकी कारबाहीलाई संकेत गर्दै इरानले हिजबुल्लाहलाई नियन्त्रण नगरे अझ शक्तिशाली आक्रमण भोग्नुपर्ने बताएका छन्। यसबीच अमेरिका–इरानबीचको वार्तामा पछिल्ला घण्टामा सकारात्मक प्रगति भएको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन्।

nawajiwan
Attariya Hospital

वार्तामा लेबनानको विषय प्रमुख बनेको छ, जहाँ हिजबुल्लाहको प्रभाव र इजरायलसँगको लामो संघर्षले क्षेत्रीय तनाव बढाएको छ। इरानले लेबनानमा युद्धविरामको माग गर्दै आएको छ भने इजरायलले हिजबुल्लाहलाई आफ्नो सुरक्षाका लागि प्रमुख खतरा बताउँदै आएको छ।

इजरायलको लगातार आक्रमणपछि इरानले रणनीतिक रूपमा होर्मुज जलसन्धि बन्द गर्ने चेतावनीसमेत दिएको छ। यसैबीच ट्रम्पको पछिल्लो अभिव्यक्तिले अमेरिकाले इजरायलको सुरक्षा चासोलाई बढी समर्थन गर्न थालेको संकेत गरेको विश्लेषण गरिएको छ।

पाकिस्तान र कतारको मध्यस्थतामा भइरहेको वार्तालाई दीर्घकालीन शान्तिको प्रयासका रूपमा हेरिए पनि ट्रम्पको कडा चेतावनीले अमेरिका–इरान सम्बन्ध अझ जटिल र तनावपूर्ण बन्न सक्ने संकेत देखिएको छ।