दुर्गालक्ष्मी माविका दिनेश पाठक शिक्षा संकायमा देशभर प्रथम, उत्कृष्ट नतिजाले विद्यालय गौरवान्वित

Image
Nisarga Hospital

कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयका विद्यार्थी दिनेश पाठकले कक्षा १२ को शिक्षा संकायमा देशभरमै उत्कृष्ट नतिजा हासिल गरेका छन्। उनले शैक्षिक सत्र २०८२ मा ३.८१ जिपिए ल्याउँदै शिक्षा संकायतर्फ नेपाल प्रथम भएको विद्यालयले जनाएको छ।

CP Hospital Dhangadhi

विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि तपराज ओझाका अनुसार पाठकले शिक्षा संकायमा अंग्रेजी मूल विषय लिएर अध्ययन गरेका थिए। उनले देशभरकै नतिजा मूल्याङ्कनका आधारमा शीर्ष स्थान हासिल गरेको पुष्टि भएको छ।

Attariya Hospital

यसै शैक्षिक सत्रमा दुर्गालक्ष्मी माविबाट अन्य विद्यार्थीले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। एलिस खत्रीले ३.७०, मनिष भट्टले ३.७० र सपना ओझाले ३.६४ जिपिए प्राप्त गर्दै उत्कृष्ट समूहमा स्थान बनाएका छन्।

nawajiwan

विद्यालयका प्रधानाध्यापक वीर सिंह महताका अनुसार ३.२ देखि ३.६ जिपिए ल्याउने ३० जना, २.८ देखि ३.२ जिपिए ल्याउने ७८ जना, २.४ देखि २.८ जिपिए ल्याउने ५५ जना र २.० देखि २.४ जिपिए ल्याउने ७ जना विद्यार्थी रहेका छन्। समग्र नतिजाले विद्यालयको शैक्षिक स्तर अझ मजबुत भएको देखिएको छ।