अत्तरिया खानेपानीले ल्यायो ‘अत्तरिया खानेपानी’ एप, उपभोक्तालाई डिजिटल सेवा

Image
Nisarga Hospital

कैलालीको अत्तरियास्थित अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्ताका लागि ‘अत्तरिया खानेपानी’ मोबाइल एप सञ्चालनमा ल्याएको छ। एपमार्फत उपभोक्ताले आफ्नो सम्पूर्ण विवरण सजिलै हेर्न सक्ने व्यवस्था गरिएको छ।

CP Hospital Dhangadhi

संस्थाका महासचिव धर्म सिंह कुँवरका अनुसार एपमा पानी खपत विवरण, तिर्न बाँकी रकम, बिल विवरण, भुक्तानी इतिहास, मिटर रिडिङ तथा भुक्तानी मितिसम्बन्धी जानकारी उपलब्ध हुनेछ। साथै सूचना तथा अन्य महत्वपूर्ण जानकारी पनि एपमार्फत प्राप्त गर्न सकिनेछ।

Attariya Hospital

उनका अनुसार अब उपभोक्ताले विभिन्न जानकारीका लागि कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ। डिजिटल सेवामार्फत सेवा प्रवाहलाई सहज, छिटो र पारदर्शी बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ।

nawajiwan