नाटोमाथि इरानको आरोप : अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न रहेको दाबी

Image
Nisarga Hospital

इरानले आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा नाटो प्रत्यक्ष रूपमा संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको बताएका पछि तेहरानले त्यसप्रति कडा आपत्ति जनाएको हो।

CP Hospital Dhangadhi

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रुटको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानूनविपरीत युद्धमा नाटोको सक्रिय सहभागिताको स्वीकारोक्ति भएको बताएका छन्। उनले सार्वभौम राष्ट्रमाथिको आक्रमणमा गठबन्धनको भूमिका संयुक्त राष्ट्रसङ्घीय बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको आरोप लगाए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अभियानमा पर्याप्त समर्थन नपाएको गुनासो गरेपछि रुटले अमेरिकी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा विभिन्न नाटो सदस्य राष्ट्रहरूले सहयोग गरेको बताएका थिए। उनका अनुसार इटालीस्थित अमेरिकी सैन्य आधारहरूबाट ‘अपरेसन एपिक फ्युरी’ अन्तर्गत सयौँ अमेरिकी विमानले उडान भरेका थिए। साथै, केही सहयोगी राष्ट्रहरूले आफ्ना सैन्य आधार तथा पूर्वाधार उपलब्ध गराएको पनि उनले उल्लेख गरेका थिए।

nawajiwan
Attariya Hospital

रुटले रोमानियाले समेत केही व्यावसायिक उडान सीमित गर्दै अमेरिकी ट्याङ्कर विमानलाई विमानस्थल सुविधा दिएको बताएका थिए। यद्यपि, इटालीले भने उक्त अभिव्यक्तिबाट आफूलाई अलग राख्दै केवल प्राविधिक तथा रसदसम्बन्धी अमेरिकी उडानलाई मात्र अनुमति दिएको स्पष्ट पारेको छ।

नाटो प्रमुखको भनाइपछि इरानले गठबन्धनमाथि प्रत्यक्ष आरोप लगाएसँगै इरान र पश्चिमी मुलुकबीचको सम्बन्धमा थप तनाव बढ्ने संकेत देखिएको छ।