ठेकेदारको लापरबाहीले अलपत्र मार्तडी–कोल्टी सडक, २० करोड बजेट फिर्ता हुने जोखिम

Image
Nisarga Hospital

बाजुराको मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत ढम्कने–कोल्टी खण्डमा कालोपत्रे निर्माण कार्य ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण अलपत्र परेको छ। निर्माण कार्य अघि नबढ्दा चालु आर्थिक वर्षका लागि विनियोजित २० करोड रुपैयाँ बजेट फिर्ता हुने अवस्था सिर्जना भएको छ।

CP Hospital Dhangadhi

पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाका अनुसार निर्माणको जिम्मा लिएको पीएस बानियाँ निर्माण सेवाले पटक–पटक म्याद थप गर्दा पनि काम नगरेपछि धरौटीबापतको ३ करोड ६ लाख रुपैयाँ बैंक ग्यारेन्टीबाट असुल गरिएको छ। साथै थप १२ करोड रुपैयाँ असुलीका लागि राष्ट्र बैंकलाई पत्राचार गरिएको उनले बताए।

Attariya Hospital

२०७७ असारमा ५० करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको २६ किलोमिटर सडक तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर, हालसम्म करिब ५० प्रतिशत मात्र काम भएको छ। गत आर्थिक वर्षमा पनि काम नहुँदा १५ करोडमध्ये १३ करोड ५० लाख रुपैयाँभन्दा बढी बजेट फिर्ता भएको थियो।

nawajiwan

कार्यालयका अनुसार बारम्बार अवसर दिँदा पनि निर्माण कम्पनीले काम सुरु नगरेकाले विकास आयोजना प्रभावित भएको छ। स्थानीयले सडक शीघ्र सम्पन्न गराई सहज यातायातको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।