आजदेखि फेरि १४.२ केजीको भरी ग्यास सिलिण्डर, उपभोक्तालाई राहत

Image
Nisarga Hospital

नेपाल आयल निगमले आजदेखि देशभर १४.२ केजीको भरी एलपी ग्यास सिलिण्डर बिक्री–वितरण सुरु गरेको छ। निगमले प्रेस विज्ञप्तिमार्फत इन्डियन आयलका बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङमा सुधार आएको र उपभोक्ताको उच्च मागलाई ध्यानमा राख्दै पुरानै प्रणालीअनुसार भरी सिलिण्डर उपलब्ध गराउने जनाएको हो।

CP Hospital Dhangadhi

निगमका अनुसार १४.२ केजी ग्यास सिलिण्डरको मूल्य २,०६० रुपैयाँ कायम गरिएको छ। ग्यास आपूर्तिमा देखिएको असहजताका कारण केही समयअघि अस्थायी रूपमा ७.१ केजी ग्यास सिलिण्डर वितरण गरिएको थियो।

Attariya Hospital

आपूर्ति अवस्था सामान्य बन्दै गएपछि अब देशभर पुनः पूर्ण तौलको ग्यास उपलब्ध हुने भएकाले उपभोक्ताले सहज रूपमा ग्यास पाउने अपेक्षा गरिएको निगमले जनाएको छ।

nawajiwan