
नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेर २ लाख ८२ हजार १ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार यही सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ८ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँ रहेको चाँदी शुक्रबार १ सय २५ रुपैयाँले सस्तो हुँदै प्रतितोला ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ६ सय १ रुपैयाँ कायम गरिएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा दैनिक रूपमा नेपाली बजारका लागि सुन–चाँदीको भाउ निर्धारण गर्दै आएको जनाएको छ। हालको गिरावटले खरिदकर्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।





























