सुन–चाँदीको मूल्य फेरि उकालो, सुन तोलाको २ लाख ८४ हजार रुपैयाँ पुग्यो

Image
Nisarga Hospital

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर दुई लाख ८४ हजार रुपैयाँ पुगेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले वृद्धि हुँदै चार हजार २४० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला चार हजार २०० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको विश्लेषकहरूको भनाइ छ। पछिल्लो विवरणअनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३१ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५६ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विश्लेषकहरूका अनुसार विश्व बजारमा मूल्य बढ्दै जाँदा त्यसको असर नेपाली बजारमा पनि देखिएको हो। आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको प्रवृत्तिअनुसार सुन–चाँदीको मूल्य थप घटबढ हुन सक्ने अनुमान गरिएको छ।

Dhnagadhi & Krishanapur