सुन–चाँदी फेरि उकालो, प्रतितोला सुन २ लाख ८५ हजार ६ सय रुपैयाँ पुग्यो

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार ६ सय रुपैयाँ पुगेको छ। प्रति १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८ सय ५५ रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ५० रुपैयाँ बढी हो। प्रति १० ग्राम चाँदी ३ हजार ७ सय ४७ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Attariya Hospital

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावको प्रभावअनुसार नेपाली बजारमा सुन–चाँदीको दैनिक मूल्य निर्धारण हुने भएकाले आगामी दिनमा पनि मूल्यमा थप परिवर्तन हुन सक्ने देखिएको छ।

nawajiwan