सुन तोलामा रु ८०० बढ्यो, चाँदी रु १० घट्यो

Image
Nisarga Hospital

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले बढेर रु २ लाख ८४ हजार कायम भएको छ।

CP Hospital Dhangadhi

यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले घट्दै रु ४ हजार ३१० निर्धारण गरिएको महासङ्घले जनाएको छ।

Attariya Hospital

बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार २०० र चाँदी रु ४ हजार ३२० मा कारोबार भएको थियो। त्यस्तै, मङ्गलबार सुन प्रतितोला रु २ लाख ८४ हजार २०० तथा चाँदी रु ४ हजार ३१० कायम भएको थियो।

nawajiwan

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार ७६ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।