सुतिरहेका बेला सर्पले डस्यो, कैलालीकी १७ वर्षीया किशोरीको मृत्यु

Image
Nisarga Hospital

अत्तरियाः कैलालीमा सुतिरहेका बेला सर्पले टोकेपछि एक किशोरीको मृत्यु भएको छ। चुरे गाउँपालिका–५ पटेली निवासी गणेश रोकामगरकी १७ वर्षीया छोरी आशा रोकामगरलाई शनिबार राति करिब २:३० बजे सर्पले टोकेको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

सर्पले टोकेको थाहा पाएलगत्तै परिवारले उनको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए। उपचारका क्रममा आइतबार बिहान करिब ८:३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शवको पोस्टमार्टमपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइनेछ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur