गेटा खानेपानीको नेतृत्वमा लोकेन्द्र धामी पुनः निर्वाचित

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–५, गेटास्थित गेटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा लोकेन्द्र धामी पुनः निर्वाचित भएका छन्। शनिबार सम्पन्न समितिको तेस्रो चुनावी साधारण सभाले धामीलाई दोस्रो कार्यकालका लागि नेतृत्वको जिम्मेवारी दिएको हो।

CP Hospital Dhangadhi

समितिको उपाध्यक्षमा भानदेव पनेरु र सचिवमा ईगेश विष्ट पनि पुनः चयन भएका छन्। कोषाध्यक्षमा विमला कडायत तथा सह–सचिवमा किरण भट्ट निर्वाचित भएका छन्। त्यसैगरी सदस्यमा अमृत बम, दिलबहादुर विक, बलदेव भट्ट र निर्मला बोहरा चयन भएका छन्।

Attariya Hospital

नवनिर्वाचित कार्यसमितिले खानेपानी तथा सरसफाइ सेवालाई थप प्रभावकारी, गुणस्तरीय र उपभोक्तामैत्री बनाउँदै संस्थाको समग्र विकासमा प्राथमिकताका साथ काम गर्ने अपेक्षा गरिएको छ।

nawajiwan