
कैलालीको चिसापानीदेखि राजकाँडा जोड्ने जालपादेवी केबुलकार सञ्चालनको तयारी तीव्र पारिएको छ। आगामी दशैँमा उद्घाटन गर्ने लक्ष्यसहित निर्माणको काम अघि बढिरहेका बेला कम्पनीले विभिन्न पदमा २८ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

केबुलकारले रेस्टुरेन्ट तथा किचेनतर्फ कर्मचारी माग गरेको हो। रेस्टुरेन्टका लागि एक जना म्यानेजर, दुई जना सुपरभाइजर, दुई जना क्याप्टेन, दुई जना क्यासियर, दुई जना बारटेन्डर र छ जना वेटर आवश्यक रहेको जनाइएको छ।
त्यस्तै, किचेनतर्फ एक जना हेड चिफ, एक जना सहायक चिफ, तीन जना पार्टी चिफ, दुई जना सहायक चिफ र छ जना सहयोगी माग गरिएको छ।


इच्छुक उम्मेदवारले चिसापानीस्थित जालपादेवी केबुलकारको कार्यालयमा दरखास्त दिन सक्ने बताइएको छ। पछिल्लो समय केबुलकार निर्माणको कामलाई तीव्रता दिइएको छ। सञ्चालनमा आएपछि जालपादेवी केबुलकारले कैलालीको पर्यटन प्रवर्द्धनसँगै रोजगारी र स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।































