
नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा आज सुनको मूल्य २०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५८ हजार ४९० रुपैयाँ कायम भएको छ।


यता, चाँदीको मूल्य भने आज बढेको छ। आइतबार प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ४ रुपैयाँ कायम भएको छ। पछिल्लो समय सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदा नेपाली बजारमा यसको प्रभाव परेको छ। महासंघले दैनिक अन्तर्राष्ट्रिय बजारको मूल्य, विनिमय दरलगायतका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।






























