ब्राइट स्टार स्कूल, गेटामा छुकछुके रोबोट कार्यशाला सञ्चालन

Image
Nisarga Hospital

गेटाः ब्राइट स्टार पब्लिक स्कूल, गेटामा श्रावण २८ गतेदेखि ३१ गतेसम्म सञ्चालन भईरहेको छुकछुके रोबोट कार्यशाला–२०८३ को समापन ३१ गते हुदैछ। विद्यालयका प्रधानाध्यापक धर्मराज रेग्मी को नेतृत्वमा सञ्चालन भइरहेको उक्त कार्यशालामा विद्यार्थीहरूलाई STEAM (Science, Technology, Engineering, Arts and Mathematics) शिक्षाको अवधारणाअनुसार व्यवहारिक सिकाइ प्रदान गरिनेछ।

CP Hospital Dhangadhi

कार्यशालाको मुख्य उद्देश्य “ज्ञानको उद्देश्य केवल ज्ञान प्राप्ति होइन, गतिविधि (Activity) मार्फत सिर्जना र उत्पादन गर्नु हो” भन्ने अवधारणालाई विद्यार्थीहरूमाझ स्थापित गर्नु रहेको छ। यस कार्यक्रममार्फत विद्यार्थीहरूले छुकछुके रोबोट निर्माण गर्दै उत्पादन विकास (Product Manufacturing Process), डिजाइन, यान्त्रिक संयोजन, गियर प्रणाली, विद्युतीय जडान तथा समस्या समाधानका सीपहरू व्यवहारिक रूपमा सिक्नेछन्।

कार्यशालामा गोदावरी आविष्कार केन्द्रका प्रशिक्षक सम्राट भट्टले विद्यार्थीहरूलाई चरणबद्ध रूपमा रोबोट निर्माण प्रक्रिया, उत्पादन विकासका आधारभूत सिद्धान्त तथा नवप्रवर्तनात्मक सोचको विकास सम्बन्धी प्रशिक्षण प्रदान गरिरहेका छन्। विद्यार्थीहरूले समूहगत रूपमा कार्य गर्दै आफ्नै हातले रोबोट निर्माण गर्ने अवसर प्राप्त गरेका छन्।

nawajiwan
Attariya Hospital

प्रधानाध्यापक धर्मराज रेग्मीले यस्ता गतिविधिमूलक कार्यक्रमहरूले विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास, नेतृत्व क्षमता तथा प्राविधिक दक्षता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भविष्यमा पनि यस्ता व्यवहारिक तथा नवप्रवर्तनमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

छुकछुके रोबोट कार्यशाला–२०८३ ले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर गई वास्तविक जीवनमा प्रयोग गर्न सकिने सीप र अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।