सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ पुग्यो

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको छ।\

CP Hospital Dhangadhi

आइतबार प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ६०० रुपैयाँले बढेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ।

Attariya Hospital

यसैगरी, चाँदीको मूल्य पनि सोमबार बढेको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४ हजार ७७० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ थियो। यस आधारमा चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको हो।

nawajiwan

सुनचाँदीको मूल्यमा भएको पछिल्लो वृद्धिले उपभोक्ता तथा व्यवसायी दुवैलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। विशेषगरी विवाह, चाडपर्व तथा अन्य सामाजिक अवसरका लागि सुन खरिद गर्ने उपभोक्ताले बढ्दो मूल्यका कारण थप रकम खर्च गर्नुपर्ने अवस्था आएको छ।