नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

Image
Nisarga Hospital

नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो।

CP Hospital Dhangadhi

मंगलबार प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार घटेर ३ लाख ४ हजार १ सय रुपैयाँमा झरेको छ। महासङ्घका अनुसार बुधबार १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६० हजार ७ सय १५ रुपैयाँ कायम भएको छ।

Attariya Hospital

त्यस्तै, चाँदीको मूल्य पनि बुधबार प्रतितोला १६० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ४ हजार ५ सय ९५ रुपैयाँमा झरेको हो।

nawajiwan

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा देखिएको उतारचढावसँगै नेपाली बजारमा पनि दैनिक मूल्य परिवर्तन हुने गरेको छ। पछिल्लो मूल्य घटेसँगै सुनचाँदी खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ।