सुनको मूल्यमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल, चाँदी पनि महँगियो

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ हजार ३०० रुपैयाँले बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। एकैदिन ठूलो मूल्यवृद्धि भएपछि सुनको भाउ हालसम्मकै उच्च तहमा पुगेको छ।

Attariya Hospital

यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।

nawajiwan

सुनसँगै चाँदीको मूल्यसमेत बढेपछि नेपाली बजारमा बहुमूल्य धातुको कारोबार महँगिएको छ। मूल्यवृद्धिसँगै सुनचाँदी खरिद गर्ने उपभोक्तामाथि थप आर्थिक भार पर्ने देखिएको छ।