सुनको मूल्यमा फेरि उछाल, तोलामै २ हजार ८०० रुपैयाँले बढ्यो

Image
Nisarga Hospital

स्थानीय बजारमा सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढेर ३ लाख १९ हजार ५०० रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

गत शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो वृद्धिसँगै सुनको मूल्य नयाँ उचाइतर्फ अघि बढेको छ।

यसैबीच, चाँदीको मूल्य भने सामान्य घटेको छ। आज असली चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको कारोबार उच्च मूल्यमा भइरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ४ हजार ६२३ अमेरिकी डलर तथा चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढावले नेपाली बजारमा समेत सुनको मूल्य प्रभावित हुने गरेको छ।

Dhnagadhi & Krishanapur