सुनको मूल्यमा भारी गिरावट, प्रतितोला २ हजार ४ सयले घट्यो

Image
Nisarga Hospital

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ।

CP Hospital Dhangadhi

यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ४ सय रुपैयाँले कम हो। हिजो सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघले आज १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ निर्धारण गरेको छ।

Attariya Hospital

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजोको तुलनामा तोलामा ३५ रुपैयाँले कम हो। हिजो चाँदी ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार २१ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

nawajiwan