
मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला १ सय रुपैयाँले महँगिएर ४ हजार ७ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँ कायम थियो।

सुनको मूल्य लगातार बढ्दै जाँदा नेपाली बजारमा यसको मूल्य हालसम्मकै उच्च तहमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्थाको प्रभावले नेपालमा समेत सुनचाँदीको मूल्य प्रभावित हुने गरेको व्यवसायीहरू बताउँछन्।
































