सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला ३ हजार रुपैयाँ घट्यो

Image
Nisarga Hospital

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ थियो।

CP Hospital Dhangadhi
Attariya Hospital

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो।

nawajiwan