सुनको भाउ एकैदिन ४ हजार ८ सयले घट्यो, चाँदीमा पनि भारी गिरावट

Image
Nisarga Hospital

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो।

CP Hospital Dhangadhi

मूल्य घटेसँगै शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको थियो।

Attariya Hospital

चालु साता सुनको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। आइतबार ३ हजार १ सय रुपैयाँ घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँमा झरेको सुन सोमबार थप ३ हजार ४ सय रुपैयाँ घटेको थियो। मंगलबार भने ३ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको थियो। बुधबार फेरि ३ हजार रुपैयाँ घटेको सुन बिहीबार पुनः ३ हजार ४ सय रुपैयाँले बढेको थियो।

nawajiwan

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला २५५ रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। चालु साता चाँदीको मूल्यमा पनि लगातार उतारचढाव देखिएको छ।