
नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ सय रुपैयाँले बढेको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यता, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदी बुधबार ४ हजार ८१५ रुपैयाँ पुगेको छ। अर्थात् चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको हो।

महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य ४ हजार १२८ रुपैयाँ ५० पैसा कायम भएको छ।




























