
नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेर २ लाख ९५ हजार ३०० रुपैयाँमा झरेको थियो। त्यसअघि आइतबार भने सुनको मूल्य ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि मंगलबार गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको थियो।

यससँगै पछिल्ला दुई कारोबार दिनमा सुन र चाँदी दुवैको मूल्यमा लगातार गिरावट देखिएको छ।




























