कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी, महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित

Image
Nisarga Hospital

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भएका छन्। त्यस्तै, महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् भने महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन्।

CP Hospital Dhangadhi

उपसभापति खुलातर्फ भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरे। आचार्यले २ हजार ३४२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे। अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे।

उपसभापति समावेशीतर्फको एक पदमा विनोदकुमार चौधरी निर्वाचित भएका छन्। उनले १ हजार ७४५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाए। त्यस्तै, फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

महामन्त्री खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक ४ हजार १९४ मत प्राप्त गरे। उदयशमशेर राणाले २ हजार ३३० मत ल्याउँदै दोस्रो स्थान हासिल गरे। अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे।

महिला महामन्त्रीमा निर्वाचित डा. डिला संग्रौलाले ३ हजार ११८ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरिन्। मतगणनाको अन्तिम परिणामसँगै कांग्रेसको महाधिवेशनबाट विभिन्न पदमा नयाँ नेतृत्व चयन भएको छ।

Dhnagadhi & Krishanapur