अत्तरियामा हुने स्वास्थ्य युवा महोत्सवको मिति सर्‍यो, मंसिर २ देखि ६ गतेसम्म सञ्चालन हुने

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको अत्तरियामा आयोजना हुने स्वास्थ्य युवा महोत्सवको सरेको छ। मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै महोत्सव अब मंसिर २ देखि ६ गतेसम्म सञ्चालन हुने भएको छ। यसअघि महोत्सव कात्तिक १३ देखि १८ गतेसम्म आयोजना गर्ने तय गरिएको थियो।

CP Hospital Dhangadhi

मंगलबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले मौसमसम्बन्धी प्रतिकूलताका कारण कार्यक्रमको मिति सारिएको जानकारी दिएको हो। गोदावरी नगर चेम्बर अफ कमर्सका अध्यक्ष तारादत्त जोशीका अनुसार सहभागी नागरिक, स्वास्थ्यकर्मी तथा सरोकारवालाको सुरक्षालाई ध्यानमा राख्दै मिति परिवर्तन गरिएको जनाएको छ।

‘स्वस्थ युवा, स्वस्थ समाज, समृद्ध सुदूरपश्चिम’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा स्वास्थ्य सचेतना, स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकसँग अन्तरक्रिया तथा परामर्शका कार्यक्रम सञ्चालन गरिने छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

आयोजकका अनुसार विशेषगरी १२ देखि ४५ वर्ष उमेर समूहका महिला तथा पुरुषमा देखिने हर्मोनसम्बन्धी समस्यालगायत विभिन्न स्वास्थ्य विषयमा सचेतना अभिवृद्धि गर्नु महोत्सवको मुख्य उद्देश्य हो। साथै, आँखा तथा दन्त स्वास्थ्य, मानसिक स्वास्थ्य, पोषण र स्वस्थ जीवनशैलीलाई पनि प्राथमिकता दिइनेछ।

महोत्सवमा प्रारम्भिक रोग पहिचान, विशेषज्ञ चिकित्सकीय परामर्श तथा आवश्यक थप परीक्षण र उपचारका लागि अस्पतालमा सिफारिस गर्ने व्यवस्था मिलाइने आयोजकले जनाएको छ। विद्यालय तथा कलेजका विद्यार्थी, युवा, महिला, बिरामी र विभिन्न समुदायका नागरिकलाई लक्षित गरी महोत्सव आयोजना गर्न लागिएको हो।

समृद्ध सुदूरपश्चिम अभियानसहित सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्स, कैलाली जिल्ला चेम्बर अफ कमर्स, गोदावरी नगर चेम्बर अफ कमर्स र सुदूरपश्चिम युवा चेम्बरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन हुनेछ।

Dhnagadhi & Krishanapur