कैलालीको गोदावरीमा समस्यामा परेका हरि भुललाई कांग्रेसको सहयोग, बंगुर फार्म पुनर्निर्माणका लागि जस्तापाता हस्तान्तरण

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–३ निवासी हरि भुलको बंगुर फार्म पुनर्निर्माणका लागि नेपाली कांग्रेसले करिब ३० हजार रुपैयाँ बराबरका जस्तापाता सहयोग गरेको छ।
नेपाली कांग्रेसले अघि सारेको ‘जसको कोही छैन, त्यसको नेपाली कांग्रेस’ अभियानअन्तर्गत बंगुर पालन व्यवसायलाई पुनः सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले जस्तापाता हस्तान्तरण गरिएको हो।

CP Hospital Dhangadhi

आर्थिक तथा अन्य समस्याका कारण प्रभावित बनेको भुलको बंगुर फार्म पुनःनिर्माण गरी व्यवसायलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षासहित कांग्रेसका नेता तथा अभियानकर्ताहरूले जस्तापाता खरिद गरेर उनलाई हस्तान्तरण गरेका हुन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सहयोग हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरख विष्ट ‘आनन्द’, क्षेत्रीय सभापति सुरतबहादुर कार्की, निवर्तमान सभापति वसन्त रोकाया, महाधिवेशन प्रतिनिधि ध्रुव भट्टराई, लोकराज पाण्डे ‘आगो’, खेम साउद तथा नगर सभापति रविन्द्र शाही ‘गुड्डु’ लगायत नेता तथा अभियानकर्ताहरूको उपस्थिति रहेको थियो।
अभियानमा सहभागी कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आर्थिक तथा सामाजिक समस्यामा परेका नागरिकलाई सहयोग गर्दै उनीहरूको जीविकोपार्जन र स्वरोजगारमा टेवा पुर्‍याउने उद्देश्यले यस्ता मानवीय कार्यलाई निरन्तरता दिने बताएका छन्।

‘जसको कोही छैन, त्यसको नेपाली कांग्रेस’ अभियानले समस्यामा परेका नागरिकलाई साथ दिने, दुःखमा सहयोग गर्ने र समाजमा मानवीय सेवाको भावना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

हरि भुलको बंगुर फार्म पुनर्निर्माणका लागि गरिएको यो सहयोगले उनको व्यवसाय पुनः सञ्चालन गर्न र आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समाजमा समस्यामा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यसहित अघि बढाइएको यस अभियानअन्तर्गत गरिएको सहयोगले हरि भुलको व्यवसाय पुनःस्थापनामा कस्तो योगदान पुर्‍याउँछ, त्यो आगामी दिनमा देखिनेछ।

Dhnagadhi & Krishanapur