सुनको मूल्य फेरि उकालो, चाँदी भने घट्यो

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको थियो।

यसअघि मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको सुनको मूल्य सोमबार ३ हजार रुपैयाँले बढेको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यता, बिहीबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य ३ हजार ९७० रुपैयाँ र सोमबार ३ हजार ९९५ रुपैयाँ थियो। गत आइतबार चाँदीको मूल्य २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँ कायम भएको थियो।

Dhnagadhi & Krishanapur