कैलालीमा कैद र जरिवाना ठहर भएका दुई फरार प्रतिवादी पक्राउ

Image
Nisarga Hospital

अत्तरियाः जिल्ला अदालत कैलालीको फैसलाअनुसार कैद तथा जरिवाना सजाय ठहर भई लामो समयदेखि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–३ का ३४ वर्षीय बुधराम थारु र वडा नम्बर ५ का ३० वर्षीय प्रदीपकुमार चौधरी रहेका छन्।

प्रहरीका अनुसार सवारी ज्यान मुद्दामा थारुलाई ६ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो। त्यस्तै, बैंकिङ कसुर मुद्दामा चौधरीलाई ५ दिन कैद र ४ लाख रुपैयाँ जरिवाना ठहर गरिएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार आ–आफ्नै घर ठेगानाबाट पक्राउ गरेको हो।

फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका व्यक्तिहरूलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्ने कार्यलाई प्रहरीले निरन्तरता दिएको छ।

Dhnagadhi & Krishanapur