
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल सुरु हुने भएको छ। सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

वर्षाका कारण निर्धारित समयमा खेल हुन नसकेपछि लामो समय अन्योलमा रहेको खेल अन्ततः ५ ओभरमा सीमित गरिएको छ। म्याच रेफ्रीले राति ९ बजे टस र ९ः१५ बजेदेखि खेल सुरु हुने जानकारी दिएका थिए।
खेल नहुने आशंकाबीच दुवै टोलीबीच प्रतिस्पर्धा हुने भएपछि दर्शकमा उत्साह थपिएको छ। छोटो खेल भएकाले दुवै टोलीका ब्याटरले आक्रामक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। अब विराटनगरले ५ ओभरमा कति रनको लक्ष्य प्रस्तुत गर्छ र सुदूरपश्चिमले त्यसलाई कसरी पछ्याउँछ भन्ने चासो बढेको छ।




वर्षाका कारण प्रभावित खेलमा दुवै टोलीका लागि यो प्रतिस्पर्धा महत्वपूर्ण रहनेछ।



































