एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै, जित निकाल्ने दाउमा दुवै टोली

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछन्।

CP Hospital Dhangadhi

तेस्रो संस्करणमा जनकपुरले दुई खेल खेलिसकेको छ। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो। दुई खेलबाट एक जित र एक हार बेहोरेको जनकपुरको २ अंक छ।

यता पोखरा एभेन्जर्सले भने प्रतियोगिताको पहिलो खेलमै सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो। उक्त खेलमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १४.३ ओभरमै ४ विकेट गुमाएर पूरा गरेको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

जनकपुर र पोखराबीच एनपीएलका अघिल्ला दुई संस्करणमा दुई पटक प्रतिस्पर्धा भएको छ। जसमा दुवै टोलीले एक–एक खेल जितेका छन्। पहिलो संस्करणमा जनकपुरले पोखरालाई ७ विकेटले हराएको थियो भने दोस्रो संस्करणमा पोखराले जनकपुरलाई २५ रनले पराजित गरेको थियो।

यसर्थ, आजको खेल जित्ने टोलीले एकअर्काविरुद्धको जितमा अग्रता बनाउनेछ। प्रतियोगितामा एक खेलबाट अंकविहीन रहेको पोखरालाई पहिलो जित निकाल्ने अवसर हुनेछ भने जनकपुर लगातार दोस्रो जितको खोजीमा हुनेछ।

शनिबार वर्षाका कारण लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजबीचको खेल रद्द हुँदा दुवै टोलीले समान १ अंक बाँडेका थिए। त्यस्तै, ५ ओभरमा छोट्याइएको अर्को खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको थियो।

Dhnagadhi & Krishanapur