हिमाल र पहाडमा आंशिक बदली, तराईमा मौसम सफा रहने; दुई सातासम्म ठूलो वर्षाको सम्भावना छैन

Image
Nisarga Hospital

देशका हिमाली तथा पहाडी क्षेत्रमा आज आंशिक बदली रहने भए पनि तराईका जिल्लामा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। गएराति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको थियो।

यसैबीच, बंगालको खाडीमा अर्को शक्तिशाली चक्रवात विकसित हुने सम्भावना रहे पनि त्यसको प्रभाव नेपालमा नपर्ने महाशाखाले स्पष्ट पारेको छ। नयाँ मौसमी प्रणालीका कारण नेपालमा ठूलो वर्षा हुने अवस्था नरहेको मौसमविद्हरूको भनाइ छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मौसमविद्हरूका अनुसार आगामी दुई सातासम्म नेपालमा ठूलो पानी पार्ने प्रणाली भित्रिने सम्भावना छैन। त्यसैले वर्षाको चिन्ता नगरी किसानले धानबाली भित्र्याउने काम अघि बढाउन सक्ने सुझाव दिइएको छ।

विशेषगरी धान पाकेर काट्ने तयारीमा रहेका किसानका लागि आगामी दिनको मौसम अनुकूल रहने अपेक्षा गरिएको छ। तर पहाडी तथा हिमाली क्षेत्रमा स्थानीय रूपमा हल्का वर्षा हुन सक्ने भएकाले मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिएर कृषि कार्य गर्न उपयुक्त हुनेछ।

Dhnagadhi & Krishanapur