यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

Image
Nisarga Hospital

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अनुसार यस वर्ष कात्तिक २५ गते परेको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।

CP Hospital Dhangadhi

समितिले भाइटीका लगाउँदा दाजुभाइ पश्चिम मोहडा र दिदीबहिनी पूर्व मोहडा फर्केर बस्नुपर्ने जनाएको छ। धार्मिक परम्परा र विधिअनुसार उक्त दिशामा फर्केर टीका लगाउँदा शुभ हुने समितिको भनाइ छ।

यस वर्ष यमपञ्चकअन्तर्गतका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुने समितिले जानकारी दिएको छ। यमपञ्चकअन्तर्गत काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्द्धन पूजा तथा भाइटीकालगायतका पर्व मनाइन्छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयता प्रकट गर्ने महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ। यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र माला लगाई दीर्घायु, सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा छ।

Dhnagadhi & Krishanapur