बैतडीको ‎सिगासमा बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

बैतडीको सिगास गाउँपालिकामा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरिएको छ ।
‎
‎अभियानअन्तर्गत गाउँपालिकाभित्रका ६ देखि ५९ महिनासम्मका २ हजार २ सय बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका १ हजार ९ सय ८७ बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य शाखाबाट  जनस्वास्थ्य निरीक्षक वीरेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।
‎
‎अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न गाउँपालिकाभरिका ७१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको उहाँले बताउनुभयो‌ । अभियानअन्तर्गत निर्धारित दिन कात्तिक १७ मा भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटेका बालबालिकालाई भोलिपल्ट कात्तिक १८ गते पनि पनि खुवाइने जनाइएको छ ।
‎
‎स्वास्थ्यकर्मीहरूले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेका छन् ।
‎
‎बालबालिकाको पोषण अवस्था सुधार, आँखाको स्वास्थ्य संरक्षण तथा जुकाको संक्रमणबाट बचाउन सञ्चालन गरिएको यस अभियानमा आफ्ना बालबालिकालाई सहभागी गराउन स्वास्थ्य शाखाले सबै अभिभावकलाई अनुरोध गरेको छ ।

Dhnagadhi & Krishanapur