कैलालीको गोदावरीमा तीन सातादेखि आतंक मच्चाउँदै आएको चितुवा नियन्त्रणमा

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–६ स्थित लालपुर र आसपासका बस्तीमा करिब तीन सातादेखि आतंक मच्चाउँदै आएको चितुवा नियन्त्रणमा लिइएको छ। मंगलबार साँझ स्थानीयको सहयोगमा सबडिभिजन वन कार्यालय अत्तरियाको टोलीले चितुवालाई नियन्त्रणमा लिएको हो।

CP Hospital Dhangadhi

चितुवा नियन्त्रणका लागि वन कार्यालयको टोलीले स्थानीय क्षेत्रमा पासो थापेको थियो। मंगलबार साँझ करिब ५ बजे थापिएको पासोमा केही घण्टामै चितुवा परेको जनाइएको छ।

पछिल्लो समय चितुवाले लालपुर, रामजानकी टोललगायत आसपासका बस्तीमा पसेर स्थानीयका कुकुर, बंगुर र बाख्रा मारेर खाने गरेको थियो। चितुवा बस्ती नजिकै देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

घरपालुवा जनावरमाथि निरन्तर आक्रमण हुन थालेपछि स्थानीयले चितुवा नियन्त्रणका लागि सम्बन्धित निकायसँग आग्रह गर्दै आएका थिए। अन्ततः वन कार्यालयको टोलीले स्थानीयको सहयोगमा पासो थापेर चितुवा नियन्त्रणमा लिन सफल भएको हो।

चितुवा नियन्त्रणमा आएपछि आसपासका बस्तीका स्थानीयले राहत महसुस गरेका छन्।

Dhnagadhi & Krishanapur