
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा पोखराले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्दै चितवनलाई ब्याटिङको निम्तो दिएको छ।

आजको खेलमा पोखराले कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा चमिका करुणारत्नेलाई नेतृत्वको जिम्मेवारी दिएको छ। पोखराले पहिलो रोजाइमा तीन खेलाडी परिवर्तन गरेको छ। शकिब अल हसनको स्थानमा युवराज सम्रा, सुदीप अर्याल र सागर ढकालले मौका पाएका छन्। आकाश चन्द र विपिन आचार्य बेन्चमा छन्।
यस्तै, चितवनले पनि टोलीमा दुई परिवर्तन गरेको छ। मार्की खेलाडी कुशल मल्ल र डान मोस्ली पहिलो रोजाइमा खेल्दैछन् भने देव खनाल र टम टेलर बेन्चमा परेका छन्।







































