लालपुरमा फेरि चितुवा देखिएको सूचना, वन कार्यालयद्वारा क्यामेरा र खोरसहित निगरानी

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–६ स्थित लालपुरमा पुनः चितुवा देखिएको सूचना प्राप्त भएपछि डिभिजन वन कार्यालय धनगढीले निगरानी र सतर्कता बढाएको छ।

CP Hospital Dhangadhi

स्थानीयले चितुवा देखिएको जानकारी गराएपछि शुक्रबार वन अधिकृत चौधरीको नेतृत्वमा खटिएको टोलीले उक्त क्षेत्रमा चितुवाको उपस्थितिबारे पहिचान तथा निगरानी गरेको हो। टोलीले चितुवाको गतिविधि पत्ता लगाउन क्यामेरा ट्र्यापिङ जडान गर्नुका साथै पासोसहितको खोरसमेत राखेको छ।

सोही क्षेत्रमा गत बुधबार मात्रै एउटा चितुवाको उद्धार गरिएको थियो। उद्धार गरिएको चितुवालाई सुरक्षित स्थानमा छाडिएको वन अधिकृत चौधरीले जानकारी दिएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

बुधबार चितुवा उद्धार गरिएको स्थानमै पुनः चितुवा देखिएको सूचना आएपछि वन कार्यालयले थप सावधानी अपनाउँदै निगरानी बढाएको हो।

वन कार्यालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै लालपुर तथा आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। चितुवा देखिएमा नजिक नजान, नजिस्क्याउन र तत्काल वन कार्यालयलाई खबर गर्नसमेत अनुरोध गरिएको छ।

Dhnagadhi & Krishanapur