कैलालीको अत्तरियामा प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु, ३६ टोलीको सहभागिता

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रदेशस्तरीय ‘मेयर कप’ बी लेभल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। गोदावरी खेलकुद विकास मञ्चको आयोजनामा तथा गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन भइरहेको हो।

CP Hospital Dhangadhi

खेलकुद विकास मञ्चका अध्यक्ष तेजबहादुर खड्काको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट ३६ टोलीले सहभागिता जनाएका छन्। प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, द्वितीय हुने टोलीले ३१ हजार १११ रुपैयाँ तथा तृतीय हुने टोलीले १० हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

प्रतियोगितामार्फत स्थानीय तथा प्रदेशस्तरमा ब्याडमिन्टन खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र प्रवर्द्धन गर्नुका साथै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजकले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ। प्रतियोगिताका क्रममा कुनै विवाद उत्पन्न भए आयोजकको निर्णय नै अन्तिम हुनेसमेत जनाइएको छ।

Dhnagadhi & Krishanapur