बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा कायम भएको छ।

CP Hospital Dhangadhi

त्यस्तै, युरोको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा तथा बेलायती पाउन्डको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा रहेको छ।

अस्ट्रेलियन डलरको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा कायम हुँदा क्यानेडियन डलरको खरिददर १०५ रुपैयाँ २२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा तोकिएको छ।

यसैगरी, स्विस फ्र्याङ्कको खरिददर १८० रुपैयाँ ६१ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३४ पैसा रहेको छ। साउदी रियालको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ २ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ५ पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। यूएई दिरामको खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा रहेको छ।