न्यूनचापीय प्रणालीको प्रभावले हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना

Image
Nisarga Hospital

नेपालमा माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीका कारण मौसममा आंशिक परिवर्तन देखिएको छ। हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईसहित अन्य क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।

CP Hospital Dhangadhi

मौसम पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज बिहीबार पनि देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली कायम रहने अनुमान गरिएको छ। तराई क्षेत्रको मौसम भने अधिकांश स्थानमा सफा रहनेछ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

मौसममा देखिएको परिवर्तनका कारण विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने सर्वसाधारणलाई स्थानीय मौसमको अवस्थाबारे जानकारी लिएर यात्रा गर्न सुझाव दिइएको छ।