भीमफेदीको चिसापानी गढीमा माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते

Image
Nisarga Hospital

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

CP Hospital Dhangadhi

बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।

प्रहरीका अनुसार दुर्घटनाका बेला माइक्रोबसमा १५ जना सवार थिए। दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको थियो।

दुर्घटनामा घाइते भएका पाँचै जनाको उद्धार गरिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन भने मृतक तथा घाइतेहरूको पहिचान र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।