स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका ओपनर मन्सेले टोलीको शीर्ष क्रमको ब्याटिङ सम्हाल्नेछन्।

CP Hospital Dhangadhi

३५ वर्षीय मन्सेले स्कटल्यान्डका लागि ७९ एकदिवसीय र ८८ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। एकदिवसीयमा ३ शतक र १९ अर्धशतकसहित २ हजार ७७७ रन बनाएका उनले टी–२० अन्तर्राष्ट्रियमा ३ शतक र १४ अर्धशतकसहित २ हजार ५९८ रन जोडेका छन्।

उनको नाममा सन् २०१९ मा नेदरल्यान्ड्सविरुद्ध ५६ बलमा अविजित १२७ रन तथा सन् २०२५ मा एकदिवसीयमा १९१ रनको कीर्तिमानी प्रदर्शनसमेत छ। समग्र टी–२० करिअरमा उनले १३३ खेलबाट ३ हजार ६९८ रन बनाएका छन्।

सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले मन्सेको अनुभव र आक्रामक ब्याटिङले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

मन्सेले पनि सुदूरपश्चिमको हिस्सा बन्न पाउँदा उत्साहित रहेको बताउँदै टोलीसँग मिलेर राम्रो प्रदर्शन गर्ने र समर्थकलाई खुसी बनाउने लक्ष्य रहेको बताएका छन्। गत संस्करणमा पनि उनले नेपालमा खेलेको अनुभव बटुलेका थिए।